Khabar Out
सङ्खुवासभामा आगलागी हुँदा ४ लाख बराबरको क्षति
सङ्खुवासभामा आगलागी हुँदा ४ लाख बराबरको क्षति जिल्लाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा रु ४ लाख बराबरको धनमालको क्षति भएको छ । धर्मदेवी-१ तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगो लाग्दा रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक धनबहादुर राजवंशीले आगलागीबाट...
अन्तर्राष्ट्रिय आलु दिवस : ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’
अन्तर्राष्ट्रिय आलु दिवस : ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०२४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो...
माङसेबुङमा आज च्याब्रुङ महोत्सव
माङसेबुङमा आज च्याब्रुङ महोत्सव लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) हुँदैछ । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ–१ स्थित गजुरमुखी धाममा एकदिने महोत्वस आयोजना गर्न लागिएको हो ।
सरकारले मेचीनगरमा १०० आवासीय भवन निर्माण गर्ने
सरकारले मेचीनगरमा १०० आवासीय भवन निर्माण गर्ने सरकारले मेचीनगर–८ मा राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा १०० भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को बजेटमा उक्त परियोजना अन्तर्गत भवन निर्माण गरिने उल्लेख छ । मेचीनगरमा २०४९ सालदेखि सरकारी स्वामित्वको...
डढेलो नियन्त्रण गर्न ‘ड्रोन’ तथा ‘स्याटेलाइट’को उपयोग गरिने
डढेलो नियन्त्रण गर्न ‘ड्रोन’ तथा ‘स्याटेलाइट’को उपयोग गरिने सरकारले डढेलो नियन्त्रणका लागि ‘ड्रोन’ तथा ‘स्याटेलाइट’को उपयोग गर्ने लक्ष्य लिएको छ। आज प्रस्तुत बजेटमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले डढेलो नियन्त्रणका लागि ड्रोन तथा स्याटेलाइटको उपयोग गरी ‘रियल टाइम’ सूचना आदानप्रदान गरिने बताए। यसैगरी, चुरे तथा तराई–मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध...
मनाङको थोँचेमा पाँच शय्याको अस्पताल बन्ने
मनाङको थोँचेमा पाँच शय्याको अस्पताल बन्ने भारत सरकारको सहयोगमा नासोँ गाउँपालिका–५ थोँचेमा पाँच शय्याको अस्पताल भवन निर्माण हुने भएको छ । बिहीबार थोँचेमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा काठमाडौँस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरे । 
सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु
सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहादुर सम्पर्कविहीन भएपछि उहाँको खोजीमा त्यहाँ पुगेकी श्रीमती इन्दिरा थापामगरको पनि हृदयघातबाट उतै निधन भएपछि तीन सन्तानसहित आफन्तजनमा बज्रपात परको छ। बर्दियाको बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ४३ वर्षीय ज्ञानबहादुर सुरुमा दुबई...
औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी
औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट २० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । करिब ६ हजार १६ रोपनी जग्गामा सञ्चालित ती औद्योगिक क्षेत्रभित्र गत फागुन मसान्तसम्म कायम रहेका ७०६ मध्ये ६३८ उद्योग सञ्चालनमा रहेको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । औद्योगिक क्षेत्रमा...
२४ घण्टामा २ हजार ५५ सवारी चालक कारबाहीमा
२४ घण्टामा २ हजार ५५ सवारी चालक कारबाहीमा बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०९ र तीव्र गतिमा सवारीसाधन...
आर्थिक सर्वेक्षण २०८२/८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत
आर्थिक सर्वेक्षण २०८२/८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत सरकारले वार्षिक रूपमा सङ्कलन गर्ने राजस्वको ठूलो अंश सङ्घ सरकारबाट उठ्ने गरेको देखिएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारको एकीकृत राजस्व सङ्कलन ११ दशमलव चार प्रतिशतले वृद्धि...
प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु
प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा बुधबारदेखि गङ्गादशहरा मेला सुरु भएको छ ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले बुधबार बिहान १२ः०० बजे जल चढाएर पूजाअर्चना गरी मेला सुरुवात गर्ने परम्परा रहेको बताए । यहाँ पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरू आउने गरेका छन् ।
अस्वस्थकर खानपानले उच्च रक्तचापका बिरामी बढ्दै
अस्वस्थकर खानपानले उच्च रक्तचापका बिरामी बढ्दै अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन् । वयस्क नेपालीमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा अनुज भट्टचनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण...
Weather Update