Khabar Out
महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।
८० दिनपछि खाँदबारी-किमाथाङ्का सडक सञ्चालन
८० दिनपछि खाँदबारी-किमाथाङ्का सडक सञ्चालन कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको ८० दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला गाउँपालिका–३ का समटार र अल्फाटे क्षेत्रमा गएको पहिरोका कारण गत भदौ १५ गतेदेखि सडक अवरुद्ध भएको थियो । लामो समयदेखि निरन्तर गरिएको मर्मत तथा पहिरो पन्छ्याउने कामपछि सडक सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको...
गोली प्रहार गरी पुजारीको हत्या
गोली प्रहार गरी पुजारीको हत्या सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आइतबार बिहान हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन् ।
पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात
पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । पाइपलाइनबाट हालसम्म छ अर्ब १४ करोड ३५...
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो ।
सुनापतिका ७७ परिवार पहिरोको जोखिममा
सुनापतिका ७७ परिवार पहिरोको जोखिममा रामेछापको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । उक्त पालिकाको वडा नम्बर ३ का चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन् । पहिरोले पूरै बस्ती नै तानेपछि तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन पीडितले माग गरेका छन् । सुनापति–३ मा पर्ने केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका बासिन्दा...
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
आज देशभरको मौसम सफा रहने पूर्वानुमान आज देशभरको मौसम सफा रहने पूर्वानुमान रहेको छ। जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
मोडिफाइड गर्ने १०४ मोटरसाइकल कारबाहीमा
मोडिफाइड गर्ने १०४ मोटरसाइकल कारबाहीमा गण्डकी। स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउने विरुद्ध कास्की प्रहरीले गत सोमबारदेखि ‘अप्रेशन ३६५’ सुरु गरेकामा हालसम्म यस्ता १०४ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।  जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले संयुक्त रूपमा सुरु गरेको उक्त अपरेशनका क्रममा समाजमा आतङ्क सृजना गर्ने र जाँचका...
बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित
बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित काभ्रेपलाञ्चोक । बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित बनेको छ । चौध वर्षदेखि निरन्तर सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम स्थगन गरिएको अस्पतालले औपचारिक रुपमा घोषणा गरेको छ ।  सङ्घीय सरकारले सम्झौताअनुसार पर्याप्त बजेट विनियोजन नगरेका कारण चालु आर्थिक वर्ष २०८२/८३ देखि आमा सुरक्षा कार्यक्रम सञ्चालन...
सामुदायिक विकासमा सघाउँदै तनहुँ जलविद्युत् आयोजना
सामुदायिक विकासमा सघाउँदै तनहुँ जलविद्युत् आयोजना तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत साउन र भदौमा पाँच योजना सम्पन्न गरेको छ । ऋषिङ गाउँपालिका–१ र म्याग्दे गाउँपालिका–१ लिवाङखोला जोड्ने झोलुङ्गे पुल मर्मत, ऋषिङ–१ स्थित ठाँटी निर्माण तथा दुले लोक्मा पैदलमार्ग निर्माण, व्यास नगरपालिका-१ स्थित सेतीछाब्दी घाट संरक्षण, ऋषिङ–१ स्थित...
नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द
नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ-ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिसकिएको...
ठेक्का अवधि सकिँदा सेती पुलमा आधा काम
ठेक्का अवधि सकिँदा सेती पुलमा आधा काम पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीन वर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आगामी वैशाखसम्म उक्त पुलको ठेक्का म्याद थपिएको...
Weather Update