फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक
मंगलबार, वैशाख ८, २०८३
गण्डकी गोपाल गौशालामा थपिए पूर्वाधार
सोमबार, वैशाख ७, २०८३
यहाँ करिब चार सय जना अटाउने सभाहल, मन्दिर, चारवटा ध्यान केन्द्र, सत्तल, हवनकुण्ड, परिसरमा ढुङ्गा छपाइ तथा शौचालयलगायत संरचना निर्माण सम्पन्न भएका गाउँपालिकाका इन्जिनियर बानियाँले बताए । स्थानीय जातका गाईको संरक्षण गर्दै आएको गौशाला क्षेत्रलाई तीर्थस्थल तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले...
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
सोमबार, वैशाख ७, २०८३
राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि राप्ती नदीमा गोहीको गुँड खोज्ने काम सुरु गरेको थियो । सोही समयमा ती गुँड भेटिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दुई जना बोटे समुदायका व्यक्तिलाई लगाएर गुँड खोजिएको हो ।...
६ दिनमा १ सय ४६ विपद्का घटना : सात जनाको मृत्यु, एक बेपत्ता
सोमबार, वैशाख ७, २०८३
बितेका छ दिनमा देशभर कुल १ सय ४६ विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर सात जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।
विपद्मा परेर ३७ जना घाइते भएका छन् भने १४५ घरपरिवार प्रभावित भएका छन् ।
पोखरेबगर-घोडेपानी सडकको हल्लेखर्क खण्ड श्रमदानबाट मर्मत
आइतबार, वैशाख ६, २०८३
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको हल्लेखर्क खण्डको श्रमदानमार्फत मर्मत सुरु गरिएको छ । अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगर, बिरौटा, हल्लेखर्क, कुरमुनी, भुवानीथान र घारका स्थानीयद्वारा स्वस्फूर्त रूपमा श्रमदान गरी सडक मर्मत थालिएको हो।
स्थानीयले यसअघि गत साता पनि दुई दिन श्रमदान गरेर सोही सडकको लुलियाघुम्तीको अप्ठ्यारो सडकमा...
अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव
आइतबार, वैशाख ६, २०८३
इरानसँगको युद्ध र त्यससँग जोडिएको कूटनीतिक तनावले अमेरिकासँग बेलायतको परम्परागत ‘विशेष सम्बन्ध’ मा चिसोपना ल्याएपछि बेलायतले पुनः युरोपेली सङ्घ (इयु) तर्फ नजिकिने रणनीति तीव्र बनाएको छ । सरकार आगामी महिना नयाँ कानूनमार्फत् युरोपसँगको सम्बन्ध पुनर्संरचना गर्ने तयारीमा पुगेको छ, जसलाई बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको सन्दर्भमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ...
अन्नपूर्ण हिमालमा आरोहण सुरु
आइतबार, वैशाख ६, २०८३
अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वातारोही शनिबार अन्नपूर्णको चुचुरो चुमेका हुन् ।
सेभेन समिटका अनुसार आरोहण गर्नेहरूमा...
सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन
शनिबार, वैशाख ५, २०८३
नेपाल मेडिकल काउन्सिलले परीक्षण विना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन्।
काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण...
आज विश्व सम्पदा दिवस मनाइँदै
शनिबार, वैशाख ५, २०८३
सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन...
विपद् जोखिम न्यूनीकरण : तीन दिनभित्र स्रोत यकिन गरिने
शुक्रबार, वैशाख ४, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रतिनिधिसभा सदस्यहरूले छलफलमा उठाएका विपद्सम्बन्धी विषयहरूको वर्गीकरण गरी तीन दिनभित्र जोखिमका आधारमा प्राथमिकीकरण गर्ने र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने कामहरू असार १५ गतेभित्र सक्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी निकायका अधिकारीहरूको बैठकले आगामी सुक्खायाम र वर्षायाममा...
आज वैशाख कृष्ण औँसी : आमाको मुख हेर्ने दिन
शुक्रबार, वैशाख ४, २०८३
प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो...
ऋषिङमा दुई पुल निर्माण
बिहीबार, वैशाख ३, २०८३
तनहुँको ऋषिङ गाउँपालिकामा दुई पुल निर्माण सम्पन्न भएका छन् । ऋषिङ –५ र ७ जोड्ने फलामे र ऋषिङ–४ र ७ जोड्ने झोलुङ्गे पुल बनेका हुन् । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले औपचारिक रूपमा दुवै पुलको शुभारम्भ गर्नुहुँदै यसले स्थानीय विकासमा दीर्घकालीन योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
रगतको माग बढ्दै , रक्तदाता घट्दै
बिहीबार, वैशाख ३, २०८३
मेडिकल सिटीका रूपमा चिनिएको चितवनमा रगतको माग दिनप्रतिदिन बढ्दै गए पनि रक्तदाताहरूको सङ्ख्या भने सोही अनुपातमा बढ्न सकेको छैन। बर्सेनि रगतको माग बढे पनि स्वयंसेवी रक्तदाताहरू घट्दै जाँदा बिरामीको उपचारमा समस्या देखिन थालेको छ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चितवनमा दैनिक १५० युनिटसम्म रगतको...



