Khabar Out
बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट हुने
बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को सहयोग लिएर काम थालेको छ । घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी निरीक्षक कमाण्डको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफीसहितको विज्ञ...
पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता
पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयले अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरेका छन् । त्यसरी दर्ता भएका विवरण अध्ययन गरी आवश्यकताअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि...
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले बुधबार विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह गरेको हो। नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा...
नयाँ सरकारसँग युवाको अपेक्षा : सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी
नयाँ सरकारसँग युवाको अपेक्षा : सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री नीति, डिजिटल सेवा, सन्तुलित र पादर्शी विकास...
वाणिज्य विभागद्धारा सिन्धु फलफूल र पञ्चकन्या त्रिदेव डेरीलाई जरिवाना
वाणिज्य विभागद्धारा सिन्धु फलफूल र पञ्चकन्या त्रिदेव डेरीलाई जरिवाना नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुगमन गरेको छ । अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई रु २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ...
मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह
मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ। विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध...
सिरहामा ग्यास अभावको देखाउदै कालोबजारी
सिरहामा ग्यास अभावको देखाउदै कालोबजारी जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका...
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक...
सुडानको बजारमा ड्रोन आक्रमण, ३३ जनाको मृत्यु
सुडानको बजारमा ड्रोन आक्रमण, ३३ जनाको मृत्यु दक्षिणपश्चिम सुडानको अर्धसैनिक नियन्त्रणमा रहेको दुई बजारमा ड्रोन आक्रमण हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । यो आक्रमण पश्चिम कोर्डोफान राज्यको अबु जाबाद र वाड बान्डा बजारमा भएको हो, जुन तीन वर्षदेखि चलिरहेको सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बिचको सङ्घर्षको सबैभन्दा...
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान फरार
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान फरार कैलालीको धनगढीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–७ देवहरियामा शनिबार राति ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार जोशीको हत्या उनका श्रीमान् डम्मराज जोशीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरमै...
आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा आंशिक...
आज अधिकांश स्थानमा मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
आज अधिकांश स्थानमा मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना २२ फागुनःजल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा...
Weather Update