Khabar Out
काठमाडौँ उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन
काठमाडौँ उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा ट्राफिक कार्यालयको भवनमा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन हुने भएको छ । यही कात्तिक ११ गतेदेखि पुनः ट्राफिक सचेतना कक्षा सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले...
आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह
आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह एकै दिन देशभर १४ आगलागीका घटना भएका छन् । पूर्वसावधानी तथा चेतना अभावमा देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा एकै दिन अर्थात्...
बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एक पुरुषको मृत्यु
बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एक पुरुषको मृत्यु राप्ती सोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोल निवासी इन्द्रबहादुर खत्रीको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ । गुरुवागाउँ नमुना टोल निवासी ४० वर्षीय खत्री शुक्रबार अपराह्न २ः ०० बजेतिर स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएपछि बेपत्ता भएका थिए ।  आज बिहानसम्म परिवारको सम्पर्कमा नआएपछि जङ्गलमा खोज्दै जाँदा उनको शव फेला...
मिथिलामा छठ पर्वको तयारी सुरु
मिथिलामा छठ पर्वको तयारी सुरु मिथिला क्षेत्रको सबैभन्दा ठुलो पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । चार दिनसम्म मनाइने यस पर्वका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम तीव्र गतिमा भइरहेको छ । जनकपुरधाममा रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर र मटकोरर्वा पोखरीजस्ता जलाशयहरूमा सजावटको काम भइरहेको छ ।
मार्फा छैरो चिमाङ सडक स्तरोन्नति गरिने
मार्फा छैरो चिमाङ सडक स्तरोन्नति गरिने मुस्ताङको घरपझोङ गाउँपालिकाअन्तर्गत मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने भएको छ। गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले यस सडकका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड विनियोजन गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख अजयकुमार श्रेष्ठका अनुसार बेनी–जोमसोम सडकमार्गको मार्फाबाट कालीगण्डकी पारि रहेका छैरो–चिमाङ गाउँ जोड्ने यो सडकलाई...
हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना
हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम...
कुटपिटबाट युवकको मृत्यु
कुटपिटबाट युवकको मृत्यु यहाँ स्थित बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबिच झगडा हुँदा कुटपिट गरिएका  राजवंशी घाइते भएका थिए । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा
दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ ।
तिहार सुरु भएसँगै साढे ४४ हजार व्यक्ति काठमाडौँबाट बाहिरिए
तिहार सुरु भएसँगै साढे ४४ हजार व्यक्ति काठमाडौँबाट बाहिरिए हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका धेरैजसो नागरिक अहिले आफ्नो जन्मथलो फर्किन थालेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तिहारको चहलपहल सुरु भएसँगै उपत्यकाका मुख्य नाकामा यात्रु...
असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति
असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ । विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता १० हजार...
नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी
नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले दिएको जानकारीअनुसार यस रोगबाट हालसम्म ४४ जना सङ्क्रमित भएका छन् । कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार यस रोगबाट असोज ५ गतेसम्म १७ जना मात्रै सङ्क्रमित भएका थिए ।
स्कुटर दुर्घटनामा दुईजनाको मृत्यु
स्कुटर दुर्घटनामा दुईजनाको मृत्यु चितवनमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । भरतपुर विमानस्थलनजिकै आज बिहान स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो । बिहान भरतपुर–१० स्थित विमानस्थलनजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
Weather Update