Khabar Out
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छुट मुआब्जा वितरण पुनः सुरु गरिएको छ । आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा  सतलज जलविद्युत् निगम (एसएपिडिसी) बाट रकम प्राप्त भएपछि पुनः वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।
ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै
ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै सिरहा । कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र ससाना पसल मात्रै देखिने सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ग्रामीण बजारहरुको स्वरुप यतिबेला फेरिएको छ । सडक डिभिजन कार्यालय लहान सिरहाले सिरहा–सप्तरी–उदयपुरको ग्रामीण बस्तीका सडक निर्माणमा तदारुकता देखाएपछि गाउँहरु विकासको मूलधारमा जोडिन थालेका छन्। 
भोजपुरको कावाखोलामा पक्की पुल निर्माण सम्पन्न
भोजपुरको कावाखोलामा पक्की पुल निर्माण सम्पन्न जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल नहुँदा वर्षौँबाट समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल बनेपछि सहजता भएको छ ।
Weather Update