ताप्लेजुङमा भूकम्पको धक्का
काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्घा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबार) बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ । रासस
प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२ ०९:३०
प्रतिक्रिया दिनुहोस्





