महिला च्याम्पियन सिप : नेपाल बाहिरियो, बङ्गलादेश र भारत फाइनलमा
कास्की । नेपाल पोखरामा जारी यु–१९ महिला च्याम्पियनसिपको लिग चरणबाट बाहिरिएको छ ।
पोखरा रङ्गशालामा बुधबार भएको लिगको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
नेपाललाई हराएको बङ्गलादेश फाइनलमा पुगेको छ । साविक विजेता बङ्गलादेशले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ । बुधबार नै भएको खेलमा भारतले भुटानलाई भुटानलाई ८–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
एकपक्षीय खेलमा बङ्गलादेशलाई जिताउन लल्पी अक्तरले ह्याट्रिक गर्नुभयो । अर्को गोल प्रोतिमा मुण्डाले गर्नुभयो । चार टोली सहभागी च्याम्पियनसिपमा नेपालसँगै भुटान पनि बाहिरिएको छ ।
सिङ्गल राउन्ड रोबिन लिगपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टोलीबिच उपाधि भिडन्त हुन लागेको हो । फाइनल खेल शनिबार हुने छ ।
प्रकाशित मिति: बुधबार, माघ २१, २०८२ २१:५०
प्रतिक्रिया दिनुहोस्



