सहिदको त्यागलाई दलले उपेक्षा गर्दा युवाको विद्रोह : प्रदेश प्रमुख देवकोटा
मकवानपुर । बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुलुकको स्वतन्त्रता, संसदीय प्रजातन्त्रको स्थापना र नागरिकलाई अधिकार दिलाउन सहिदहरूको त्याग, तपस्यालाई राजनीतिक नेतृत्वले उपेक्षा गर्दा गत भदौ २३/२४ मा जेनजी विद्रोह भएको बताएका छन् ।
उनले सहिद दिवसका अवसरमा बागमती प्रदेश मूल समारोह समिति मकवानपुरद्वारा शुक्रबार हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रलाई दिगो शान्ति ल्याउन र प्रजातान्त्रिक संस्कार पुनःस्थापना गर्न आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सबै नेपालीको सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिए ।
प्रदेश प्रमुख देवकोटाले युवापुस्ता कसैको उक्साहटमा नलागी राष्ट्रको सार्वभौमसत्ता सुरक्षित राख्न र आपसी सहिष्णुता कायम राख्नतर्फ एकढिक्का हुनुपर्ने बताए । रासस
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२ १९:१६
प्रतिक्रिया दिनुहोस्



