Khabar Out
रुसमा अन्न उत्पादन उल्लेखनीय रूपमा बढ्ने प्रक्षेपण

काठमाडाैँ । रुसको सङ्घीय तथ्याङ्क सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ६ प्रतिशतले बढी हो ।

तथ्याङ्कअनुसार जौ उत्पादन १८ दशमलव ३ प्रतिशतले बढेर एक करोड ९७ लाख टन पुगेको छ । ओखतीको उत्पादन करिब एक चौथाइले वृद्धि भई ३८ लाख टन पुगेको छ भने कोदो उत्पादन ८ दशमलव ७ प्रतिशतले बढेर ३५ लाख टन पुगेको छ ।

दालजन्य बालीहरूको उत्पादन ऐतिहासिक रूपमा उच्च ८० लाख टन पुगेको छ, जसमा ५० प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ।

यस वर्ष अन्न तथा दालजन्य बालीहरूको कुल अनुमानित उत्पादन शुद्ध तौलमा १३ करोड ९४ लाख टन रहेको छ, जबकि सन् २०२४ मा यो परिमाण १२ करोड ५९ लाख टन थियो ।

यसैगरी, आलुको उत्पादन एक करोड ९५ लाख टन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव ४ प्रतिशतले बढी हो । फलफूल तथा बेरी वर्गका बालीहरूको उत्पादन ४३ लाख टन पुगेको छ, जसमा सन् २०२४ को तुलनामा ८ दशमलव एक प्रतिशत वृद्धि भएको तथ्याङ्क सेवाले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update