Khabar Out
सर्पको डसाइबाट झापामा एक जनाको मृत्यु

दमक । सर्पको डसाइबाट गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्माको मृत्यु भएको छ ।

घरभित्र खाद्य भण्डारबाट सामान निकाल्ने क्रममा गएराति ८ः३० बजे उनलाई गोमन सर्पले दायाँ खुट्टामा डसेको थियो । त्यसपछि उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११ः४५ बजे मृत्यु घोषणा गरेको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गर्मीसँगै वर्षाका समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताए । केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update