Khabar Out
राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना गरिने ‘सामाजिक विकासका निम्ति दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् ।

कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update