प्रधानन्यायाधीश राउतको टोली बङ्गलादेश प्रस्थान
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज बङ्गलादेश प्रस्थान गरेको छ।
टोली बङ्गलादेशका प्रधानन्यायाधीश डा. सैयद रेफत अहमदको मैत्रीपूर्ण निमन्त्रणामा बङ्गलादेशको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि त्यहाँ गएको हो।
प्रधानन्यायाधीश नेतृत्वको यो टोली कात्तिक १८ गतेसम्म बङ्गलादेशमा रहनेछ। भ्रमण दलमा प्रधानन्यायाधीश राउतसहित अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२ २२:०९
प्रतिक्रिया दिनुहोस्


