Khabar Out
म्याग्दीमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति ब्यथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा पुर्याएको हो ।

गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update