वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध
धुलिखेल । वर्षाका कारण बीपी राजमार्ग सडकखण्ड अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा आज सडक माथिबाट लेदो आएर सडक अवरुद्ध भएको छ ।
रोशी–७ स्थित चार सय बेँसी, वडा नं ९ को बिरुवा डाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसीमा सडक माथिबाट लेदो र ढुङ्गा खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले बताए ।
जोखिम हुन नदिन स्थानीय प्रशासनले बिहीबार साँझ ५ देखि आज बिहान ६ बजेसम्म बिपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेबेँसी–सिन्धुली सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेकका सवारी साधन आवागमनमा निषेध गरेको थियो । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२ १५:५२
प्रतिक्रिया दिनुहोस्


