Khabar Out
मापसे गरी सवारी चलाउने ७ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज गरिएको विशेष चेकिङको क्रममा मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालकसहित सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

बा ५ ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बससगै चालक, बा ५ ख ७९१ नम्बरको भाडा बस चालक र बागमती प्रदेश ०१-००२ ज ८५१८ नम्बरको हायसका् चालकलाई काठमाडौँको बाफलबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै बागमती प्रदेश ०१-००६ ख ८९८३ नम्बरको महानगर यातायातको बस चालक र बा ४ ख ९३५६ नम्बरको बस चालक , बागमती प्रदेश ०१- ००६ ख ५४३१ नम्बरको रात्रिकालिन बसका चालक र बा ४ ख ४१० नम्बरको माइक्रो चालकलाई मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएकोछ ।

नियन्त्रणमा आएका चालकहरूलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update