Khabar Out
तुइन खोलामा पुनः सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा आज पुनः सुक्खा पहिरो खसेको छ ।

अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।

उनका अनुसार पहिरो निरन्तर झरिरहेको छ । उनका अनुसार पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ । अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको पनि उनको भनाइ छ । गत हप्ता पनि पहिरो खस्दा सडकमा यातायात सञ्चालन गर्न ४८ घण्टा लागेको थियो । रासस

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update