भीमसेनस्थान नजिकै घरमा लागेको आगो नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ ।
नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिइन् ।
उनले भने, 'बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ । क्षतिको विवरण सङ्कलन हुँदै छ ।' रासस
प्रकाशित मिति: सोमबार, असोज १३, २०८२ ०९:४९
प्रतिक्रिया दिनुहोस्


