Khabar Out
दशै खारेज गराैं

मनाेज खतिवडा 

दशैं खारेज गर्ने,
कति कुरा बन्द हुन्छ,
दालमोहरी, ऋण र बलि,
मनको बोझ हलुका हुन्छ।

तनावका डाँडा भत्कन्छन्,
हिसाबकिताब हराउँछ,
धार्मिक नाममा हुने हतारो
शान्तिमा परिणत हुन्छ।

हिंसा कम हुन्छ,
खुकुरी बलि चीरिन्छैन,
रगतको नाउँमा पूजा
फेरि कहिल्यै दोहोरिँदैन।

दशैं खारेज गर्ने,
कसैको चाड हराउने होइन,
मानवता अँगाल्ने संकल्प हो—
शान्ति र समानताको नयाँ बिहान खोज्ने हो।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update