Khabar Out
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक

काठमाडौँ । खेमलाल हरिकला लामिछाने कल्याण प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार’ का लागि पाँच उत्कृष्ट कृति सार्वजनिक गरेको छ ।

ती कृतिमा क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, डा नवराज केसीको ‘स्वस्पर्थ’, श्रवण मुकारूङको ‘सलह’ र नदीशको ‘हिउँद’ छन् ।

पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणको विस्तारित सूचीमा रहेका १५ पुस्तकमध्येबाट निर्णायक मण्डलको सिफारिसमा उत्कृष्ट पाँच कृति सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने जानकारी दिए । पाँचमध्येबाट एक कृतिले पुरस्कार पाउनेछ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update