धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु, सातजना घाइते

काठमाडौं । धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार, मृत्यु हुनेमा एक पुरुष रहेका छन् । घटनामा सातजना घाइते भएका छन् ।
कैदीबन्दीहरूले बुधबार (भदौ २५) बिहानैदेखि कारागारमा आगजनी र ढुंगामुढा गरेका थिए । कारागारको भित्री गेट बिहानै तोडेका थिए । पटकपटक आगजनी र तोडफोडको प्रयास गरेपछि नेपाली सेना परिचालन गरिएको थियो ।
दिउँसो आगजनी गरेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १६:४९
प्रतिक्रिया दिनुहोस्