Khabar Out
डिल्लीबजार कारागारका कैदीलाई सेनाले लग्यो

काठमाडौं । डिल्लीबजार कारागारबाट कैदीबन्दीहरूलाई नेपाली सेनाले गाडीमा हालेर लगेको छ ।

जेनजीहरूले गरेको उग्र प्रदर्शनपछि हिजोदेखि नै देशका विभिन्न ठाउँका कारागारबाट कैदीहरू भागिरहेका छन् । केन्द्रीय कारागारबाट समेत ३३ सय कैदीबन्दी फरार भएका छन् ।

ललितपुरको नख्खु कारागार, कैलाली, कास्की, काभ्रे, सिन्धुली, रसुवा, रुपन्देही लगायतका जिल्लाबाट धमाधम कारागारहरू बाहिरिन थालेका हुन् ।

बुधबार बिहान डिल्लीबजार कारागारका कैदीबन्दीहरू बाहिरिन खोजेका थिए ।

उनीहरूलाई नेपाली सेनाको टोलीले रोकेर राखेको थियो । अहिले उनीहरूलाई डिल्लीबजारबाट नेपाली सेनाले गाडीमा हालेर लगेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update