Khabar Out
ताप्लेजुङ पहिरोमा दुईजना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–६, च्यानडाँडामा बुधबार (भदौ २५) बिहान पहिरो खस्दा दुई घर पुरिएको छ । दुईजना बेपत्ता भएका छन् ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार, लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती बेपत्ता छन् । पहिरोबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छ । एकजनालाई सामान्य चोट लागेको छ । स्थानीय स्वास्थ्य केन्द्रमा उनको उपचार जारी छ ।

निरन्तरको वर्षाले पहिरो खसेको हो । रासस

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update