कलंकीमा गोली चल्यो
काठमाडौं । कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो ।
चोकचोकमा भेला भएका प्रदर्शनकारीले टायर बालेर बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । काठमाडौंसँगै ललितपुर, भक्तपुर, रुपेन्देहीमा पनि कर्फ्यु लगाइएको छ । कर्फ्यु आदेशको उल्लंघन गर्दै देशभरका मुख्य सहरमा युवाले बिहानैदेखि प्रदर्शन जारी राखेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १३:११
प्रतिक्रिया दिनुहोस्



