Khabar Out
सरकारले गरेको दमनविरुद्ध देशभर प्रदर्शन

काठमाडौं । सरकारले गरेको दमनविरुद्ध देशभर प्रदर्शन भइरहेछ । प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरिरहेका छन्।

उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । 

बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ । यसैगरि काठमाडौंको चक्रपथ सहित कलंकी आसपास क्षेत्रका पनि बिहानैदेखि प्रदर्शन भैरहेको छ । कलंकी चोक, मालपोत क्षेत्र, खसीबजार लगायतका मूल सडक र भित्री सडकमा बिहानैदेखि प्रदर्शन भैरहेको हो । 

ललितपुरस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको निवासमा पनि आक्रमण भएको छ । 

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन गरिरहेछन् ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update