जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, साढे तीन सयभन्दा बढी घाइते

काठमाडौं । जेनजीले गरेको आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा काठमाडौंमा १७ र सुनसरीको इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको छ ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ । त्यस्तै, देशभर गरी साढे ३ सय भन्दा बढि घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ २२:०१
प्रतिक्रिया दिनुहोस्