Khabar Out
पहिरोबाट होक्मा गाउँका ६ घर उच्च जोखिममा

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका ६ घर परिवार पहिराेका कारण विस्थापित भएका छन् । गए रातिको वर्षासँगै पहिरो झरेका कारण बस्तीमा उच्च जोखिम भएपछि उनीहरु विस्थापित भएका हुन् ।

स्थानीय खेलप्रसाद बुढाक्षेत्री परागका अनुसार पहिराले हाङमाया थुङ्गिम (लिम्बू) को घर उच्च जोखिममा परेको छ भने पहिरो झरिरहेकाले त्यस क्षेत्रमा बसोबास गर्ने जगत भण्डारी, भीमबहादुर भण्डारी, अम्बरध्वज लिम्बू,शिवलाल भण्डारी र टङ्क भण्डारीको घरसमेत जोखिममा रहेका छ ।

चिचिहाङ बस्तीको तलबाट पहिरो झरेको बताइएको छ । पहिरो झरेपछि हाङमायाको परिवार राति नै छिमेकीकोमा गइ बसेको बताइएको छ । अन्य घर परिवारसमेत सुरक्षित ठाउँमा छन् । अहिले वर्षा नभए पनि समयसमयमा पहिरो झरिरहेको स्थानीयले बताएका छन् । रासस

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update