Khabar Out
५ किलो चरेससहित होटल सञ्चालक पक्राउ

कैलाली  । धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेससहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एन्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनका अनुसार बोहराको होटलमा शंक लागि जाँच गर्दा चरेस फेला परेकाले निजलाई नियन्त्रणमा लिइएको हो । रासस

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update