Khabar Out
जम्मु-कश्मीरको डोडा जिल्लामा आकस्मिक बाढी, कम्तीमा ४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको जम्मु-कश्मीरस्थित डोडा क्षेत्रमा मंगलबार परेको भीषण वर्षापछि आएको आकस्मिक बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने केही अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

सबैभन्दा धेरै प्रभावित क्षेत्रहरूमा गान्डोह, ठाठरी र रामबन पर्न आएका छन्। बाढी र पहिरोका कारण धेरै स्थानमा जनधनको क्षति भएको बताइएको छ । 'बिहान गान्डोह क्षेत्रमा बाढी आएको थियो जसमा एक जनाको मृत्यु भएको छ । घटनास्थल बासोबास नभएको क्षेत्र भएकाले ठूलो क्षति भने भएको छैन,' एक प्रहरी अधिकारीले सिन्ह्वासँगको टेलिफोन वार्तामा जानकारी दिए ।

जिल्ला प्रशासनका अनुसार डोडा जिल्लाको टन्टा र ठाठरी क्षेत्रमा पनि वर्षासँग सम्बन्धित घटनामा तीन जनाको मृत्यु भएको छ ।

मिडिया रिपोर्टहरू अनुसार डोडा क्षेत्रमा करिब १० वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् र बाढीले धेरै सडकहरू बगाएको छ । स्थानीय विपद् व्यवस्थापन टोली घटनास्थलमा पुगेर बेपत्ताहरूको खोजी कार्यमा जुटेको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update