पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, ८ जनाको मृत्यु
काठमाडाैँ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको हो।
घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कराची सारिएको छ । मृत्यु भएकाहरूको शव पहिचानका लागि स्थानीय अस्पतालमा राखिएको अधिकारीहरूले बताएका छन्।
विस्फोटको कारण पत्ता लगाउन मिरपुरखास र कराचीबाट विशेषज्ञ टोली बोलाइएको प्रहरीले जनाएको छ । टोलीले घटनास्थलका प्रमाणको जाँच गरी विस्फोटको कारणबारे अनुसन्धान गर्नेछ ।रासस
प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३ १६:२२
प्रतिक्रिया दिनुहोस्







