Khabar Out
पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ । जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update