Khabar Out
निरन्तर वर्षापछि उदयपुरका किसान रोपाइँमा व्यस्त

उदयपुर ।  निरन्तर वर्षा भएपछि यहाँका किसान रोपाइँमा व्यस्त भएका छन् । उनीहरूलाई गत असारमा पानी नपरेका कारण रोपाइँ हुन नसेका खेतमा धमाधम रोपाइँ गर्न  भ्याइनभ्याइ भएको हो । 

कृषि  ज्ञानकेन्द्रका प्रमुख योगेन्द्र यादवले जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको जानकारी दिए ।  उनले भने, ‘आकासे वर्षा सुरु भएसँगै धान रोपाइँ जारी रहेको छ ।’  

जिल्लाको त्रियुगा, कटारी र चौदण्डी नगर क्षेत्रमा रोपाइँ लगभग सकिएका छन् । लामो खडेरीको कारण जिल्लाका तराईका किसानले जमिनबाट ‘बोरिङ’ प्रयोग गरेर रोपाइँ गरेका थिए, भने पहाडी क्षेत्रका खोलानालाको स्रोत नै सुकेका कारण रोपाइँ ठप्प भएको थियो ।रासस

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update