Khabar Out
बडागाउँ र वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न
subisu

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त रु पाँच करोड १७ लाख ५० हजार ६६५ मा  निर्माणको काम सम्पन्न भएको हो । 

सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो ।  यो पुल २०७६ र २०७७ साल वैशाखमा दुई पटक भाँचिएपछि प्रारुप परिवर्तन गरेर नयाँ बनाइएको हो ।

पुलका संरचना भाँचिदा राज्यलाई हानि भएको थियो । रासस

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update