Khabar Out
यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत । आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा आलु उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। 

आलु उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको खायन आलु विस्तार कार्यक्रमअन्तर्गत यही हिउँदमा एक हजार ४५० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । 

subisu

यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । जसअनुसार हिउँदमा मात्र करिब २२ हजार मेट्रिक टन आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । सरदर प्रतिकेजी रु ४० का दरले किसानले आलु बिक्री गर्दा करिब रु ८७ करोड आम्दानी हुने अनुमान छ । 

जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३९० हेक्टर क्षेत्रफलमा आलुखेती गर्दा २० हजार ३३० मेट्रिक टन आलु उत्पादन भएको थियो । 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सोविता सुवेदीका अनुसार विभिन्न पकेट क्षेत्रमा ६१ वटा कृषक समूहलाई आलु उत्पादनमा रु एक करोड ४७ लाख अनुदान वितरण गरिएको छ । बीउ खरिदमा ७० प्रतिशत, यान्त्रिकीकरणमा ५० प्रतिशत, सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत र बजारीकरण तथा ‘प्याकेजिङ’मा ७५ प्रतिशत अनुदान दिइएको सूचना अधिकारी सुवेदीले बताए । 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update