माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु
झापा । झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ । माछा मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको शनिबार घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो । मृतक राईको शवपरीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३ १४:३९
प्रतिक्रिया दिनुहोस्







