Khabar Out
लागुऔषधसहित छ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित छ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–४ बाट एक, बर्दियाको गुलरिया नगरपालिका–१ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट एक र कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्कबाट दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन बरामद गरेको छ । रासस

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update