बाढीपीडितलाई ६३ लाख सहयोग
काभ्रे । भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले रु ६३ लाख छ हजार ६६६ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन्।
पाँचखाल नगरपालिकाले रु ४३ लाख तीन हजार ६८९ र खानीखोला गाउँपालिकाले रु २० लाख दुई हजार ९७७ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन्।
पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये नगरपालिकाले रु १० लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट रु १३ लाख ३२ हजार ५९९ र शिक्षकबाट रु १९ लाख ७१ हजार ९० सङ्कलन भएको हो । रासस
प्रकाशित मिति: आइतबार, असोज २५, २०८३ १५:४१
प्रतिक्रिया दिनुहोस्







