ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
अर्घाखाँची । छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने त्यसका चालक घाइते भएका छन् ।
दुर्घटनामा सहचालक पाल्पा छहराका २२ वर्षीय गणेश राजकोटीको मृत्यु भएको बल्कोटस्थित प्रहरी कार्यालयका प्रमुख दिवस दाहालले जानकारी दिए । घाइते चालकलाई प्राथमिक उपचारपछि जिल्ला अस्पताल पठाइएको छ । रासस
प्रकाशित मिति: आइतबार, असोज २५, २०८३ १५:३४
प्रतिक्रिया दिनुहोस्







