Khabar Out
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

काठमाडौँ । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन् ।

घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्रीको आह्वान गरी पूजाआराधना गरिन्छ । शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये प्रथम हुन् । गिरिराज हिमालयकी पुत्री पार्वती नै शैलपुत्री भएको उल्लेख देवीकवच, मार्कण्डेय पुराणलगायत ग्रन्थमा गरिएको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update