Khabar Out
नेपाली कांग्रेसको १५औं महाधिवेशन आज

काठमाडौं । कांग्रेसको १५ औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो ।

महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने बताएको छ ।

निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update