पोखरीमा डुबेर बालकको मृत्यु
रौतहट । रौतहटको परोहा नगरपालिका–५ रमनगरका १० वर्षीय बालक नासिर कलामको पोखरीमा डुबेर मृत्यु भएको छ ।
स्थानीय शेख नसरुल हकका छोरा नासिर कलाम मंगलबार सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेका थिए ।
प्रहरीले बालकको शव शवपरीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए । रासस
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ ०९:०८
प्रतिक्रिया दिनुहोस्







