हेटौँडा । वाग्मती प्रदेशमा किरण थापामगर नेतृत्वको नयाँ सरकारमा ६ नवनियुक्त मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नयाँ मन्त्रिपरिषद्मा सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री र राजु विष्ट खानेपानी ऊर्जा तथा सिँचाइमन्त्रीमा नियुक्त भएका छन् ।
यस्तै, भरत केसी भौतिक पूर्वाधार विकासमन्त्री र ज्ञानबहादुर तामाङले विनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।
वाग्मतीमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा नयाँ सरकार गठन भएको हो ।







