Khabar Out
नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ऐतिहासिक सम्पदा संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिएका छन्।

खौमाको पुनर्निर्मित देवघरको उद्घाटन गर्दै उन सम्पदा संरक्षणमा पुस्तान्तरण आवश्यक रहेको बताए। भक्तपुरका सम्पदा, कला र संस्कृति आफैँमा एउटा विश्वविद्यालय भएकाले यसको अध्ययन र अनुसन्धानमा युवाको अभिरुची हुनपर्ने बताए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्पपछि क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धारलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए।

नगरपालिकाले १८५ वटा सम्पदाको संरक्षण गरिसकेको जानकारी दिँदै उहाँले मठ, मन्दिर, फल्चा, ढुङ्गेधारालगायत ऐतिहासिक सम्पदाको संरक्षणलाई निरन्तरता दिइएको उनले बताए।

इन्द्रायणी द्योछें पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायले रु तीन करोड ७६ लाख चार हजार चार सय ६६ रुपैयाँ खर्च भएको जानकारी दिए। स्थानीयले रु १७ लाख बराबरको भौतिक सहयोग गरेका थिए।

नेपाल संवत् ८११ मा उक्त मन्दिर निर्माण भएको हो । रासस

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update