Khabar Out
स्रोत नखुलेको ८ लाख रकमसहित पक्राउ

काठमाडौँ । स्रोत नखुलेको रु आठ लाख ६१ हजार ५०० सहित नयाँ सडकबाट एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो।

निजविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद लिई अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update