Khabar Out
बरफ फ्याक्ट्रीमा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट । रौतहटको बौधिमाई नगरपालिका–५ कोपवाको बरफ फ्याक्ट्रीमा तार जोड्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बौधिमाई नगरपालिका–५, कोपवाका धर्मलाल जयसवालका ३५ वर्षीय छोरा मनोहरलाल जयसवालको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

जयसवालको आफ्नै बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका जयसवाललाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक गौतमले बताए। जयसवालको शव परीक्षणका लागि गौरस्थित प्रदेशिक अस्पतालमा राखिएको समेत उनले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update