Khabar Out
बाघको आहारा प्रजातीको सर्वेक्षण सुरु

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ ।

नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४०० ट्रान्जीट बनाएर आहरा प्रजातिको सर्वेक्षण गरिन चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए ।

बाघको आहार प्रजातीमा जरायो, चितल, लगुना र रतुवा। गौरीगाई बँदेल, निलगाई र बाँदर पर्छन् ।

शुक्लाफाँटा, बाँके र बर्दीयामा चौका र बाह्रसिंगे समेत बाघको आहारा प्रजातिको रुपमा छन्। सर्वेक्षण सकेपछि दुरी छनोट विधिबाट आहारा प्रजातीको सङ्ख्या निकालिने उनले जानकारी दिए ।

निकुञ्जमा सर्वेक्षण सकिएसंगै अध्ययनको काम सुरु गरिने छ । यससंगै बाघकालागि आवश्यक आहारा प्रजाति जोगाउन के गर्न सकिन्छ भन्ने अध्ययनका लागि सहज वन्ने उहाँले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update