भिरबाट लडेर दुईजनाको मृत्यु
बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुईजनाको मृत्यु भएको छ ।
सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए ।
सोही नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी ६ वर्षीया जसना खड्काको पनि भिरबाट लडेर मृत्यु भएको छ ।
प्रहरी निरीक्षक भाटका अनुसार गाउँनजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भिरबाट चिप्लिएर उनको मृत्यु भएको हो । रासस
प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३ ०९:०५
प्रतिक्रिया दिनुहोस्







