Khabar Out
हवाई आक्रमणमा परी पाँच प्यालेष्टिनी प्रहरीको मृत्यु

इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ।

गाजा शहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका केही प्रहरीको मृत्यु भएको र कैयौँ घाइते भएको जनाइएको छ ।

अस्पताल श्रोतले भनेको छ, 'अल–तुआम क्षेत्रमा रहेको प्रहरी चौकीलाई लक्षित गरी इजरायली हवाई आक्रमण भएको, यसबाट पाँच प्रहरीले शहादत प्राप्त गरेका र कैयौँ प्रहरी घाइते भएको अवस्थामा अस्पतालमा ल्याइएको थियो ।'

इजरायली सैन्य स्रोतले एएफपीलाई बताएअनुसार सेनाले उक्त क्षेत्रमा रहेका हमासका आतङ्ककारीहरूलाई निशाना बनाएको थियो । गाजामा हमास र इजरायलबीच अक्टोबरदेखि युद्धविराम लागु भएको छ तर सम्झौतामा इजरायलले खतराको रूपमा सोचेको लक्ष्यमा आक्रमण गर्ने अधिकार सुरक्षित राखेको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update