Khabar Out
चट्याङ लागेर तनहुँमा युवतीको मृत्यु

तनहुँ । चट्याङ लागेर यहाँ एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका–१४ रुम्सीकी १९ वर्षीया ललिसा थापा रहेकी छिन् ।

आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर ललिसा घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार चट्याङ लागेर घाइते ललिसाको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update