बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
उनले बागमती प्रदेश मन्त्रीपरिषदबाट सिफारिस बमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३ १५:४५
प्रतिक्रिया दिनुहोस्







