वन्यजन्तु व्यवस्थापनका लागि ‘टास्क फोर्स’ गठनबारे छलफल
काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले बाँदरलगायत कृषि हानिकारक वन्यजन्तु व्यवस्थापनका लागि टास्क फोर्स (प्राविधिक समिति) बनाउने विषयमा छलफल गरेकी छन् ।
खेतबारी, बस्ती र वन क्षेत्र वरिपरि बढ्दो बाँदर–मानव द्वन्द्व व्यवस्थापन गर्न कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकार बालाबिच सो टास्क फोर्स गठन गर्ने विषयमा बिहीबार मन्त्रालयमा छलफल भएको हो ।
स्थानीय तहले कार्यान्वयन गर्ने, विज्ञ टोली छनोट, बजेट व्यवस्थापनलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा कृषि सचिव डा राजेन्द्र मिश्र, सांसद सागर ढकाल, वन मन्त्रालयका सहसचिवलगायतको सहभागिता थियो । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३ ०८:५९
प्रतिक्रिया दिनुहोस्







