Khabar Out
लागूऔषधसहित चौध जना पक्राउ

काठमाडौँ  ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन/तीन, मोरङ र चितवनबाट दुई/दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक/एक जना पक्राउ परेका हुन् । 

लागूऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरुका साथबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइक्लोमाइन, नाइट्राभेट, ट्रामाडोल, एलएसडी नियन्त्रित औषधि बरामद गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update